११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचार नगर्नुस्,संसारमा गोप्य केही हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा भ्रष्टाचार नगर्न सांसदहरूलाई सुझाएका छन् । 

मंगलबार प्रदेश सभामा सम्बोधन गर्दै उनले विकास निर्माणका काममा कमिसन लियो भने जनतामा व्यवस्था प्रति नै वितृष्णा पैदा हुने बताएका हुन् ।

हामीलाई विकासका काम गर्नु छ, त्यसबाट लाभ लिन खोज्छौ भने जनतामा प्रणाली प्रति वितृष्णा पैदा हुने बताउँदै, उनले भने, ‘एउटा भ्रम के पाल्नु हुँदैन भने, संसारमा गोप्य केही पनि हुँदैन । जतिसुकै गोप्य कुरा भन्नुस् मान्छेले थाहा पाएकै हुन्छ ।’

उनले अनुमानको प्रमाण पनि सत्य हुन्छ भ्रष्टाचार समाजले स्वीकार गर्दैन जति लुकाए बाहिर आउँछ त्यसमा जनप्रतिनिधिहरू सचेत हुनुपर्ने बताएका छन् । जनतालाई सहज सुलभ ढंगले सेवा प्रभाव गर्‍यो भने लोकतन्त्र मजबुत हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रकाशित: २६ चैत्र २०८१ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App