१ वैशाख २०८२ सोमबार
image/svg+xml १४:१४ अपराह्न
राजनीति

बस्नेत भन्छन्- श्रमदानको गफले होइन, केन्द्रको बजेटले खानेपानी उपलब्ध हुन्छ हर्क भाइ

नेकपा (एमाले) का नेता महेश बस्नेतले धरानमा केन्द्रको बजेटले खानेपानी उपलब्ध हुने बताएका छन्।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेललगायतसँग भेट गरेका छन्। यसपछि बस्नेतले फेसबूकका लेखेका छन्- श्रमदानको गफले होइन, केन्द्रको बजेटले खानेपानी उपलब्ध हुनेछ हर्क भाइ।

अगाडि उनी लेख्छन्- सरकारले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। बजेटको प्रबन्धलगायतमा सहजीकरण गरिनेछ। आज धरानका प्रमुख हर्क राईसहितको भेटमा प्रधानमन्त्रीज्यूले सो जानकारी गराउनुभएको हो।

मेयर राईसँगको भेटपछि प्रधानमन्त्री ओलीले धरानबासीले खानेपानी पिउन पाउनुपर्ने बताएका छन्। 'धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,' प्रधानमन्त्री ओलीले मेयर राईसँग भनेका छन्।

यसपछि बस्नेतले यस्तो लेखेका हुन्।

प्रकाशित: २५ चैत्र २०८१ १९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App