११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रञ्जिता लेख्छिन्- रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एउटा प्रतिकात्मक फेसबूक स्टाटस लेखेकी छन्। जहाँ उनले भनेकी छन्- रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्।

पार्टीका संरक्षकसमेत रहेका पति रेशम चौधरीसँगको तस्बिर राख्दै उनले थप भनेकी छन्, 'रुख काट्नै लाग्नुभयो भने पनि ख्याल गर्नुहोला। काटेको रुख तपाईंकै टाउकोमा पनि पर्न सक्छ।'

पार्टी संरक्षक रेशम चौधरीले डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग पार्टी एकताको अन्तिम वार्तासमेत टुङ्ग्याइसकेका छन्। जसअनुसार उनी पहिलो, राउत दोस्रो र रञ्जिता तेस्रो वरीयतामा रहेको बताइएको छ।

तर, रञ्जिताले त्यही चित्त नबुझाएको बताइन्छ। स्रोतका अनुसार उनले पनि आफूलाई राउत बराबरीको वरीयता मागेकी छन्। यसबारे नागरिकले राखेको जिज्ञासामा उनले भनिन्, 'रेशमजीको पहिलो र सीकेजीको दोस्रो भन्ने टुङ्गियो तर, मेरो टुङ्गिन बाँकी छ।'

प्रकाशित: २५ चैत्र २०८१ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App