प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने पक्का भएको छ ।
प्रधानमन्त्री भएको नौं महिना हुनै लाग्दासमेत भारतको औपचारिक भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री ओलीले अन्ततः थाइल्यान्डमा प्रधानमन्त्री मोदीसँग साइडलाइन भेटवार्ता गर्ने पक्का भएको हो ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, दुई प्रधानमन्त्रीबीच पर्सि शुक्रबार अपराह्न चार बजे भेटवार्ता हुने तय भएको छ ।
प्रधानमन्त्री ओली मंगलबार नै थाइल्यान्ड गएका छन् । भारतका प्रधानमन्त्री मोदी भने बिहीबारमात्रै बैंकक पुग्नेछन् । शुक्रबार श्रीलंका जानुअघि प्रधानमन्त्री ओलीसँग भेटवार्ता हुने तय भएको हो । यद्यपि भेटमा के विषयमा कुराकानी हुने भन्नेबारे भने केही विषय बाहिर ल्याइएको छैन ।
प्रकाशित: २० चैत्र २०८१ १३:२९ बुधबार