राजतन्त्र पक्षधर समूहले कोटेश्वरमा रहेको जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेपछि तितरवितर भएका उनीहरुले प्रशोधन केन्द्रमा आगो लगाएका हुन् । प्रशासनले जडिबुटी पुलसम्म लागु हुने गरी कर्फ्यू लगाएको थियो ।
उनीहरुले जडिबुटी परिसरमा पार्किङ गरेर राखेका आधा दर्जन गाडीमा आगो लगाएका छन् । जडिबुटी क्षेत्र अहिले तनावग्रस्त छ ।
प्रकाशित: १५ चैत्र २०८१ १७:४४ शुक्रबार