२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

माधवको आरोप- ओली अझै संसद् भङ्गकै सोचमा छन्

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अझै पनि संसद् भङ्गकै सोचमा रहेको आरोप लगाएका छन्।

शुक्रबार (आज) काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

'सरकारमा बस्ने मान्छेलाई कुनै चिन्ता छैन। हामीले खबरदार, तिम्रो कारणले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् भनेका छौँ। तर, उनीहरू संसद् भङ्गकै सोचमा छन् अझै पनि,' उनले भने, 'त्यसकै कारण उनले एकपटक पदबाट बहिर्गमन हुनुपरेको थियो।'

उनले सरकारले बिचौलिया र कमीसनखोरहरूको पक्षमा निर्णय गर्दै अगाडि बढिरहेको दाबी पनि गरेका छन्। 'सरकारलाई जनताको दु:खसँग कुनै चिन्ता छैन। सरकारलाई जनताको वेदनाले छुँदैन। उसलाई कमिसनखोर, भ्रष्टाचारीहरूको पक्षमा निर्णय गर्नु छ,' उनले भने।

प्रकाशित: १५ चैत्र २०८१ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App