१८ चैत्र २०८१ सोमबार
image/svg+xml ०:५४ पूर्वाह्न
राजनीति

सामाजिक सञ्जालमा राजावादी आन्दोलन स्थगितको अफवाह, राप्रपाद्वारा खण्डन

शुक्रबार (भोलि) राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा गणतन्त्रविरुद्ध आन्दोलन गर्दैछ।

तर, सामाजिक सञ्जालहरूमा भने उक्त आन्दोलन स्थगितको अफवाह फैलाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को लेटरहेड, छाप र प्रवक्ता मोहन श्रेष्ठको नाम र हस्ताक्षरसमेतको दुरुपयोग गरी उक्त अफवाह फैलाइएको देखिएको छ।

यसको प्रवक्ता श्रेष्ठले विज्ञप्ति नै जारी गरेर खण्डन गरेका छन्। यो काम गणतन्त्रवादीहरूबाट भएको हुन सक्ने शङ्कासमेत प्रवक्ता श्रेष्ठले गरेका छन्।

'भोलि चैत १५ गते शुक्रबार राजधानीमा राजसंस्था र हिन्दू राष्ट्रको पुन:स्थापना, सङ्घीयताको खारेजीलगायतका विषयमा हुने प्रदर्शन र आन्दोलनका सम्बन्धमा पार्टीको नाम, छाप र प्रवक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको छ। यस्ता कार्यहरू निन्दनीय र आपत्तिजनक छन्। राप्रपा उक्त कार्यको खण्डन गर्दछ र कोही भ्रममा नपर्नका लागि आग्रह गर्दछ,' प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

राप्रपाले आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टीपङ्क्ति र आम जनसमुदायलाई अपिलसमेत गरेको छ। 

प्रकाशित: १४ चैत्र २०८१ १८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App