१३ चैत्र २०८१ बुधबार
image/svg+xml २०:९ अपराह्न
राजनीति

दुर्गा प्रसाईंको प्रदर्शनमा राप्रपा नेपालको नैतिक समर्थन

राप्रपा नेपालले दुर्गा प्रसाईंको प्रदर्शनमा समर्थन जनाउने भएको छ।

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले आउँदो चैत १५ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्दैछ। राप्रपा नेपालले उक्त प्रदर्शनमा समर्थन गर्ने निर्णय गरेको हो।

अध्यक्ष कमल थापाले भने, 'उक्त कार्यक्रममा राप्रपा नेपालको नैतिक समर्थन रहनेछ।'

यस्तै विचारधारा मिल्ने दल तथा समूहसँग एकता र सहकार्यका लागि सधैँ सकारात्मक रहेको राप्रपा नेपालले जनाएको छ।

'राजाको आह्वानमा वा राजा स्वयम् सहभागी हुने सबै प्रकारका कार्यक्रम सफल पार्न राप्रपा नेपाल मन, वचन र कर्मले प्रतिबद्ध छ,' राप्रपा नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १२ चैत्र २०८१ २०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App