१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml ६:५२ पूर्वाह्न
राजनीति

विद्युत् प्राधिकरणको भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्धको नारा, प्रमुखमाथि कुटपिट

विद्युत् प्राधिकरणको भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा देखिएपछि केन्द्रका प्रमुखमाथि कुटपिट भएको छ।

सरकारले सोमबार (हिजो)विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको थियो। हिजो नै साँझ भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा देखिएको हो।

यही नाराकै विषयलाई लिएर केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। प्रमुख श्रेष्ठमाथि मङ्गलबार (आज) बिहान कुटपिट भएको हो। केन्द्रका प्रशासन प्रमुख नन्दराम विष्टका अनुसार एउटा समूह एक्कासि कार्यालय छिरेर प्रमुख श्रेष्ठमाथि जाइलाग्यो। 'उहाँलाई गाह्रो भयो होला। उहाँ निस्किनुभयो,' उनले भने।

विष्टका अनुसार त्यो समूहले कम्प्युटर, गमला, ढोका-झ्याललगायत तोडफोडसमेत गरेको छ।

बोर्डमा सधैँ ग्राहकका लागि सन्देशमूलक सूचना डिस्प्ले हुन्थ्यो। तर, हिजो भन एक्कासि प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको थियो। 'थाहा पाउनासाथ हामीले डिलिट गर्‍यौँ,' विष्टले भने, 'त्यो कसरी भयो, हामी पनि अमच्चमा छौँ।'

कार्यालयले विज्ञप्ति निकालेर डिजिटल बोर्ड ह्याक भएको दाबी गरेको छ। साथै प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको घटनाबारे छानबिन हुनुपर्ने माग पनि गरेको छ। सँगै प्रमुख श्रेष्ठमाथिको कुटपिटमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग गरेको छ।

प्रकाशित: १२ चैत्र २०८१ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App