नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतरी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम घोषणा गरिएको छ।
राजेश राई पक्षले निर्वाचनको माग गरेको थियो। तर, त्यो पक्षलाई निर्वाचनमा जान नदिइ पाण्डेको नाम घोषणा गरिएको हो।
उपाध्यक्षहरूमा चेतन अधिकारी र कृपा भण्डारी छन्। यस्तै महासचिव हिरामान लामा दोहोरिएका छन्।
उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरू बिष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी चयन भएका छन्।
प्रकाशित: ११ चैत्र २०८१ २१:०१ सोमबार