राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयले कर्मचारीहरु राजनीतिक स्वार्थको लागि राष्ट्रसेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढेको बताएका छन्।
बिहीबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारर्कीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्। उनले आफ्नो कार्यकालको केही समय मात्र बिताउन बाँकी रहेका कुलमानलाई सम्मााजनक विदाई गर्नुपर्ने ठाउँमा उपमानजनक रुपले निस्काषन गरेर सरकारले गलत नजिर स्थापित गरेको बताए। उत्कृष्ट प्रशासकको छवि बनाएका कर्मचारीलाई हटाउँदा अगामि दिनमा समेत सरकारले स्वार्थअनुकुल कर्मचारीहरु हटाउने र राख्ने कार्य गर्ने उनको भनाइ छ । उनले कमजोर कर्मचारी प्रशासनलाई ध्वस्त पार्ने काम गरेको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने जिकिर गरे।
उनले भने, ‘पहिलो कुरा त सरकारले जे निर्णय गर्यो त्यो गलत ग¥यो । कति मानिसहरुले सरकारले आफ्नो कर्मचारीलाई निकाल्न पनि सक्छ, राख्न पनि सक्छ यो सामान्य प्रक्रिया हो भनेर व्याख्या गरिरहेका छन् । तर एउटा कुशल प्रशासकको रुपमा स्थापित कुलमान घिसिङ जसले आफ्नो कार्यकालको थोरै मात्र समय व्यतित गर्न बाँकी थियो । उसलाई सम्मानजनक विदाई गर्नुपर्ने ठाउँमा जुन उपमान जनक ढंगले निष्काशन गरियो । त्यसले एउटा नजिर खडा हुने खतरा भयो कि सरकारले चा्हयो भने कर्मचारीहरुलाई जसनसुकै बेला निकाल्न सक्छ । यसले कर्मचारी राष्ट्रसेवक भन्दा पनि कहिले काँही राजनीतिक स्वार्थको लागि सरकार र पार्टीको नोकरमा परिणत हुने खतरा भयो । र अरुले पनि यसलाई नजिर बनाएर पहिले पनि यसरि निकालिएको थियो निकाल्न पाइन्छ भन्ने बाटोतर्फ देश गयो भने कर्मचारी संयन्त्र कर्मचारी प्रशासन त्यसै त कमजोर भएको छ त्यो ध्वस्त हुनसक्छ ।’
प्रकाशित: १४ चैत्र २०८१ १८:०२ बिहीबार