१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

एमालेको नीति : ८४ सम्म कांग्रेससँग सत्ता सहकार्य, चुनावमा आमनेसामने

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेससँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर रहने दावी गरेका छन्।

काठमाडौंमा जारी नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई समृद्ध बनाउन एमाले र काँग्रेसको सत्ता सहकार्य ८४ सालसम्म निर्बाध ढंगले रहने दावी गरे।

´एमाले र कांग्रेसबीच ८४ सम्म सत्ता सहकार्य गर्ने सहमति भएको छ।` महासचिव पोखरेलले भने, ´त्यसै अनुरूप सत्ता सहकार्य कायम रहन्छ।` देशको कुभलो चिताउनेहरूले सरकार ढल्छ भनेर हल्ला चलाएको भन्दै उनले हल्लाले सरकार नढल्ने बताए । 

महासचिव पोखरेलले कांग्रेससँग ८४ सम्म सत्ता सहकार्य गर्ने तर चुनाव भने एक्लाएक्लै लड्ने समेत बताए। ´हामी ८४ सम्म कांग्रेससँग सत्ता सहकार्य गर्छौ। उनले भने, ´चुनाव भने एक्लाएक्लै लड्ने छौँ।`

शहरिया मध्यम वर्गमा एमाले अलि कमजोर देखिएको भन्दै महासचिव पोखरेलले शहरिया मध्यम वर्गमालाई पार्टीसँग जोड्ने अभियान चलाइने बताए।

प्रकाशित: ८ चैत्र २०८१ १९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App