९ वैशाख २०८२ मंगलबार
image/svg+xml
राजनीति

जसपा नेपालनिकट खस संघले आगामी कार्ययोजना तय गर्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी खस संघ, नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। बालकुमारीमा दिउँसो १ बजे बोलाइएको बैठकमा संगठन विस्तार र आगामी कार्ययोजनाबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य एवं संघका वरिष्ठ उपाध्यक्ष सन्तोष सिलवालले जानकारी दिएका छन्।

जसपा नेपालले खस, आर्यलाई समेटेर समाजवादी खस संघ केन्द्रीय समिति गठन गरेको छ। संगठनको आगामी कार्ययोजना बैठकमा पार्टीका नेताहरू प्रकाश अधिकारी, दीपक कार्की, लिला सिटौला, पूर्ण बस्नेतलगायतका नेताहरूको विशेष उपस्थित रहने बताइएको छ।

प्रकाशित: ७ चैत्र २०८१ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App