नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति माफी मागेका हुन् ।
उनले भने, ‘यही चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद्को हैसियतले विशेष समयमा अभिव्यक्त गरेको धारणा यो धारण पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु।’,
उनले आफूले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
प्रकाशित: ६ चैत्र २०८१ ११:३३ बुधबार




-600x400.jpg)
