२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

‘समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो’

फाइल तस्विर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताएका छन्। 

एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्द्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा समावेशितालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रुपमा स्वीकार गरिएको तर्क गरेका हुन्। 

महासचिव पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताको कारण  महिला पछाडि पारिएका टिप्पणी गरे। महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उनले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्नेमा जोड दिएका छन्। 

महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको पनि स्पष्ट पारेका छन्। एमाले पार्टीले अधिकभन्दा अधिक महिलालाई नीति निर्माणका स्थानमा अवसर दिएको उनको जिकिर थियो। 

सो अवसरमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलन कमजोर भएको भन्दै सबै राजनीतिक दलले महिलालाई अगाडि सार्नुपर्ने बताइन्। संविधानले महिला अधिकारलाई सुनिश्चित गरे पनि अझै पनि त्यो पूरा हुन नसकेको उनको आरोप छ। रासस

प्रकाशित: २ चैत्र २०८१ १९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App