१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय मुक्ति पार्टीको प्रतिबद्धता : दश वर्षमै पाँच सय अर्ब डलरको जिडिपी लक्ष्य

‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ नारासहित राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ। 

पार्टी अध्यक्ष राजेन्द्र महतो सहितका केन्द्रीय सदस्यहरूको उपस्थितिमा सार्वजनिक गरिएको घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालको हालको करिब ४२ अर्ब डलरको जिडिपीलाई ५०० अर्ब डलर पुर्‍याउने  लक्ष्य राखिएको छ । 

पार्टीले जल, भुगर्भ, सौर्य, वायु ऊर्जा तथा योग ध्यान जस्ता आध्यात्मिक शक्तिस्रोत, युवाको सीप र महिलाको सक्रिय सहभागितालाई आधार मानेर अर्थतन्त्र निर्माण गर्ने घोषणापत्रमा उल्ल्लेख गरेको छ । घोषणापत्र अनुसार देशको अर्थतन्त्र १३ गुणाभन्दा बढी विस्तार हुने र प्रत्येक नेपालीको आम्दानी १३–१४ गुणासम्म वृद्धि हुने बताईएको छ । 

साथै घोषणापत्रमा ‘एक गाउँ एक सहकारी’ नीति लागू गरी स्थानिय स्थानमा उपलब्ध भएका उत्पादनलाई व्यवस्थित गर्नुको साथै बजारिकरण गर्ने समेत उल्लेख गरिएको छ ।  

प्रकाशित: २८ माघ २०८२ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App