नेकपा (एकीकृत समाजवादी) ले सत्ता केन्द्रित दलका कारण राजावादीहरुले शिर उठाउने ठाउँ पाएको दाबी गरेको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले सत्ताधारी दल नालायक हुँदै गएकाले सडकमा पपुलिस्ट बढ्दै गएको दाबी गरेको हो ।
निकट भविष्यमा नै पार्टीले सुरु गर्न लागेको आन्दोलनका संयोजकसमेत रहेका महासचिव घनश्याम भुसालले आफूहरुको आन्दोलन पार्टी र सत्ताका लागि नभइ जनता हकहितमा केन्द्रित हुने दाबी गरे ।
‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने नारासहित आन्दोलनमा जाने जानकारी दिँदै उनले पार्टीले गर्न लागेको आन्दोलन मिसन ०८४ को लागि नभएको पनि स्पष्ट पारे । वर्तमान समयअनुसार आन्दोलन फरक हुने बताउँदै महासचिव भुसालले भने, ‘आइरहने र गइरहने तर मुलुकलाई ठोस उपलब्धि नहुने त्यस्ता ८४ आइरहन्छन् । जनताका लागि हामीले गर्ने आन्दोलन लामो हुनेछ ।’
प्रकाशित: १ चैत्र २०८१ १३:५६ शुक्रबार





