मन्त्रीहरू उपस्थिति नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
बुधबार बोलाइएको प्रतिनिधिसभा बैठकमा मन्त्रीहरु उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।
बैठक सुरु हुनेबितिकै प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा मन्त्रीहरूको खोजी गरेका थिए। उनले सरकारले सदनलाई हेपिरहेको आरोप समेत लगाएका थिए। उनले सरकार नभएसम्म बैठक नचल्ने बताएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
प्रकाशित: २८ फाल्गुन २०८१ ११:४० बुधबार





