नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका हुन्।
उनले भने, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस् । हामीलाई त्यसमा हाम्रो आपत्ति छैन। लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले पनि मान्यता राखेको छ। यसलाई कमजोर नठानियोस्।
प्रकाशित: २७ फाल्गुन २०८१ १४:०८ मंगलबार





