राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाल तत्कालीन राजा र जनता मिलेर बनाएको दाबी गरेका छन्।
राप्रपाको राजनीतिक कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले यस्तो बताएका हुन्।
‘यो देश चे ग्वेभारा, स्टालिन र माओले बनाएका होइनन्,’ शाहीले भने, ‘जनता र राजा मिलेर बनाएका हुन्। त्यसैले फेरि राजा र जनता मिलेर जानुपर्ने आवश्यकता छ।’
राप्रपाले राजतन्त्र नभएर राजसंस्था चाहेको उनले दाबी गरे । ‘राजतन्त्र भनेको राजाको शासन हो, जो हामीले पनि भनेका छैनौं, राजा एक संस्था र त्योसहितको प्रजातन्त्र हामीले भनिरहेका छौं,’ शाहीले भने।
प्रकाशित: २२ फाल्गुन २०८१ १२:५६ बिहीबार