नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले देश विकासको बाधक रहेको आरोप लगाएका छन् । शनिवार एकीकृत समाजवादी कपिलवस्तुको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा दक्षिणपन्थी प्रवृत्ति हाबी भइरहेको भन्दै विकास बाधकको आरोप लगाएका हुन्।
‘एमालेमा अहङ्कारी र घमन्डी प्रवृत्ति हाबी छ। यसले देशको विकास हुँदै सक्दैन’, अध्यक्ष नेपालले भने,‘त्यसका अध्यक्ष जो प्रधानमन्त्री छन्। उनी आफै भ्रष्टाचारमा लिप्त छन्।’ यसो भन्दा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भने लिएनन्।
‘यो सरकारलाई जनताका कामसँग होइन। केबल आफ्नो फाइदासँग मात्रै मतलब छ,’ उनले भने। अर्को प्रसङ्गमा अध्यक्ष नेपालले देशको परिस्थिति र समग्र विकासका लागि समाजवादी मोर्चा गठन गरिएको दाबी गरे।
सरकारले ल्याएका अध्यादेशका सन्दर्भमा उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई परिस्थिति अनुसार अघि बढ्न सुझाव दिए ।
प्रकाशित: १७ फाल्गुन २०८१ १८:०६ शनिबार