२५ चैत्र २०८१ सोमबार
image/svg+xml ११:३४ पूर्वाह्न
राजनीति

बालेनको बचाउमा प्रधामन्त्रीलाई हर्कको चुनौती : सक्छौँ भने मोदी र सि जिनपिङसँग जुध

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा उभिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन‍्।

हर्कले शनिबार बिहान सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यस्तो चुनौती दिए। उनले प्रधानमन्त्री भएर मेयरहरूसँग जुधेर केही नहुने बताउँदै नरेन्द्र मोदी र सि जिनपिङसँग जुधेर देखाउन चुनौती दिएका हुन्। 

उनले लेखेका छन्, 'प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्छ! मेयरहरूसँग जुधेर हुँदैन! सक्छ भने नरेन्द्र मोदी र सि जिनपिङसँग जुध्नु बरु!'

प्रकाशित: १७ फाल्गुन २०८१ ०८:०६ शनिबार

खुशी 94.8 %
दुखी 3.4 %
अचम्मित 0 %
हास्यास्पद 1.7 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App