१ वैशाख २०८२ सोमबार
image/svg+xml ६:४८ पूर्वाह्न
राजनीति

ओली संविधान मिच्ने कुराको उस्ताद हुन: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधान मिच्ने कुराको उस्ताद रहेको आरोप लगाएका छन्। शुक्रवार जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि सम्बन्धी अध्यादेशमाथिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

‘अहिलेका हाम्रा प्रधानमन्त्री संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यो गर्ने कुरा प्रति गौरव बोध गर्नुहुन्छ।’ उनलाई संविधान र कानुनको मतलब नभएको उनले बताए। 

जति धेरै छलफल गर्‍यो त्यति राम्रो भए पनि राज्यका सञ्चालकले विधिको पालन नगरे अरूलाई पालन गर भन्ने नैतिक शक्ति नरहने अध्यक्ष नेपालले बताए। 

भूमि सम्बन्धी अध्यादेशको अन्तर्वस्तु नै ठिक नभएको पनि अध्यक्ष नेपालले बताए। ‘६ वटा अध्यादेशमध्ये अरू त ठिक मान्न सकिएला। तर ठिक भएता पनि तरिका ठिक भएन भने, विधि अवलम्बन भएन भने, कानुनको पालन भएन भने त्यसले देशको विधिमाथि प्रहार गर्छ,’ नेपालले भने। 

प्रकाशित: १६ फाल्गुन २०८१ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App