३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:५४ अपराह्न
राजनीति

स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव छ : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव रहेको बताएका छन्।

बिहीबार (आज) पोखरामा नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित 'नेपालको आर्थिक परिवेशः नेपाली कांग्रेसको दृष्टिकोण' विषयक अन्तरक्रिया कार्यक्रमपछि उनले यस्तो बताएका हुन्।

'स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव छ,' उनले भनेका छन्। अगाडि उनले भने, 'नेपालको आर्थिक समृद्धिका लागि उद्योग, व्यापार, लगानी र उद्यमशीलताको प्रवर्द्धनमा नेपाली कांग्रेसको दृष्टिकोण र प्रतिबद्धता अझ मजबुत बनाउँदै लैजान्छौँ।'

कार्यक्रममा अर्थशास्त्री डा. विश्व पौडेललगायतले बोलेका थिए।

प्रकाशित: १५ फाल्गुन २०८१ २०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App