१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

नारायणकाजीले क्षमा माग्दै भने: मलाई अवरोध जस्तै स्थिति भयो, अलिकति बिझाएकै हो

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमबार आफू रिसाएको घटनाबारे क्षमा मागेका छन्। सोमबार झापाबाट माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को उद्घाटन समारोहमा श्रेष्ठ उद्घोषणसँग झोक्किएर प्रस्तुत भएका थिए। त्यसपछि उनले मन्तव्य अगाडि बढाएनन्।

त्यसै विषयमा मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले क्षमा मागेका हुन्। क्षमा माग्दा पनि उनले आफूलाई अवरोधको स्थिति भएको दाबी गरेका छन्।

‘म बोल्न जाँदा मैले सुरुवात मात्रै के गरेको थिएँ, मनोवैज्ञानिक रूपमा मलाई अवरोध जस्तै स्थिति भयो,’ उनले भने, ‘त्यसले मलाई अलिकति बिझायो नै, त्यो कुरा सत्य हो। त्यसपछाडि मैले थप बोलिनँ ।’ 

त्यसलाई म सामान्य घटनाकै रूपमा लिन वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अनुरोध गरे । उनले भने, ‘यो पार्टीभित्र हाम्रो अध्यक्षको नेतृत्वमा जुन असाधारण एकता सुदृढ हुँदै छ, अध्यक्षकै नेतृत्वमा हामी अहिले पार्टीको रूपान्तरण अभियान अगाडि बढाउँदै छौँ। यो पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टीका रूपमा रूपान्तरण गर्दै छौँ । यसमा त्यसको कुनै सम्बन्ध छैन।’ 

घटनापछि आफूलाई धेरैले ‘तपाईँ जत्तिको नेताले यस्तो नगरेको भए हुने’ भन्ने सुझाव दिएको उनले बताए। ‘मैले त्यसो नगरेको भए पनि हुन्थ्यो। त्यसप्रति म क्षमा याचना गर्न चाहन्छु,’ उनले भने। 

प्रकाशित: १३ फाल्गुन २०८१ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App