४ वैशाख २०८२ बिहीबार
image/svg+xml ६:१० पूर्वाह्न
राजनीति

सांसदको प्रश्न : के नेपालको संघीयता फ्रड हो ?

 कोशी प्रदेशका सांसद प्रेमराज थाम्सुहाङले नेपालको संघीयता फ्रड हो ? भन्दै प्रश्न गरेका छन् । सोमबारको प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलको तर्फबाट विशेष समयमा बोल्दै सांसद थाम्सुहाङले उक्त प्रश्न गरेका हुन् ।  

बैठकमा थाम्सुहाङले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयता फ्रड(ठगी) हो भन्दै अमेरिकाले दिंदै आएको अनुदान रोकिदिएको बताए । 

उनले सोधे ‘नेपालको संघीयता फ्रड ठगी हो ? हैन भने नेपाल सरकारले अहिलेसम्म ट्रम्पले प्रयोग गरेको फ्रड(ठगी) भन्ने गम्भीर आरोपको जवाफ किन दिंदैन ?’ 

जैविक विविधता सम्बन्धी अनुदान पनि फ्रड नै हो भनेको छ । एमसीसी मार्फत् दिंदै आएको रकम पनि रोकेको  उनले बताए । एमसीसीको वकालत गर्नेहरूले जवाफ दिनुपर्छ की पर्दैन भन्दै उनले यस विषयमा आम नागरिकलाई जानकारी गराउन सरकारसँग माग गरे । 

नेपालको विषयमा शिर ठाडो पार्न नसकिने गरी अन्तर्राष्ट्रिय स्तरमा टिप्पणी र आलोचना भइरहेको उनले बताए । धर्म निरपेक्ष राष्ट्र बनाउन युएसएडले पैसा दिएको विषयमा भारतको संसदमा पनि हंगामा भएको बारे नेपाल सरकार किन मौन रहेको छ ? यस विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित: १२ फाल्गुन २०८१ १८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App