३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:४१ अपराह्न
राजनीति

नेसपा (नयाँ शक्ति) मा नेताको कार्यविभाजन, उपाध्यक्ष मानुषी र नेतृ हिसिलालाई पनि जिम्मेवारी

फाइल तस्बिर

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पार्टीका ६ वटा आयोग र ६ वटा विभागमा प्रमुख तोकेको छ।

प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष बाबुराम भट्टराईले आफैं राखेका छन् भने संगठन विभाग प्रमुखमा महासचिव सोनामसिंह स्याङ्तानलाई दिएका छन् ।

यस्तै अन्तर्राष्ट्रिय विभाग प्रमुखमा उपाध्यक्ष मानुषी यमी भट्टराई, प्रवक्ता एवं प्रचारप्रसार विभागमा कृष्ण शर्मा, सामाजिक अभियान एवम् जनपरिचालनमा जीएस गुरूङ र आर्थिक व्यवस्थापन हरि रिजाल प्रमुख तोकिएका छन्।

सल्लाहकार परिषद् आयोगको प्रमुखको भक्तबहादुर शाह, विज्ञ परिषद्को हिसिला यमी, अनुशासन आयोगको मोति रिजाल, निर्वाचन आयोगको रामकुमार पुरी, लेखा आयोगको डा. जनक शाह, पुनरावेदन समितिको विष्णुहरि शर्मालाई प्रमुखको जिम्मेवारी दिइएको हो ।

कार्यालय प्रमुखको जिम्मेवारी अर्जुन थपलियालाई दिइएको छ ।

कोशी प्रदेशमा भरत दाहाल, मधेसमा उमेश साह, बागमतीमा आशाकुमारी तामाङ, गण्डकीमा फणिन्द्र देवकोटा, लुम्बिनीमा हरि रिजाल, कर्णालीमा टेकम बाठा मगर, सुदूरपश्चिममा दुर्गा सोब, प्रवासमा मानुषी यमि भट्टराई र भारत प्रवासमा लक्ष्मण कार्कीलाई उत्प्रेरक तोकिएको छ। 

प्रकाशित: ११ फाल्गुन २०८१ १९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App