नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको काशीको एक मन्दिरमा वर्षमा ६० करोड भक्तजनले दर्शन गरेको दृष्टान्त सुनाउँदै पशुपतिनाथमा एक करोड ल्याउनसक्नेगरी सोच्नुपर्ने बताएका छन्। भर्खरै भारतको प्रयागराजमा जारी कुम्भ मेलामा नुहाउन गएर फर्किएका गगनले आइतबार रोल्पाको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
‘म यसपटक काशी दर्शन गरेँ। दर्शन गरेपछि काशीको व्यवस्थापन समितिको मान्छेले नेपालको सांसद भनेपछि मायाप्रेमले माथि लगेर जानुभो। चियाप्रसाद खुवाउनुभयो,’ गगनले भने, ‘अनि मैले सोधे–आज काशीमा कति जनाले दर्शन गरे? उहाँले भन्नुभो–बेलुकासम्म हिसाब निस्कन्छ। हिजो कतिले गर्नुभो? उहाँले भन्नुभो आठ लाख।’
अनि त्यसपछि आफूले स्मरण गर्दा नेपालमा पर्यटन वर्ष मनाउँदै वर्षभरि ८ लाख पर्यटक भित्रिनेगरेको सुनाए। ‘नेपालमा पर्यटन वर्ष मनाएर, पूरै देश लागेर नेपालमा वर्षभरि आउने पर्यटक आठ लाख, काशीको मन्दिरमा एकदिनमा दर्शन गर्ने आठ लाख,’ उनले भने।
एउटा राजनीतिककर्मीका हिसाबले आफूले यसलाई गम्भीर रुपमा सोचेको उनले बताए। उनले भने, ‘मैले भगवानको दर्शन गरेँ आए। तर, मैले त्यो सँगै एउटा सपना पनि सोचेँ, ५८ करोड मान्छे, ६० करोड मान्छे काशीको एक मन्दिरमा आउनसक्छन् भने किन मैले एक करोड मान्छे पशुपतिनाथ र मुक्तिनाथमा दर्शन गर्न ल्याउन सक्दैन होला ?’
सिंगो देश लागेर कुम्भमा नुहाएजस्तै कुम्भमा नुहाएको मान्छेले पशुपतिनाथमा दर्शन ग¥यो र मुक्तिनाथमा ढोग्यो भने मात्रै उसको यात्रा पूरा हुन्छ भन्ने सोचका साथमाकाम गरे सजिलै एक करोड मान्छे नेपालमा ल्याउन सकिने उनले बताए।
यस्तो सोचाइ राखेन भने मुर्खहरु आएर सधैँभरि सबैलाई रुवाउने उनले दाबी गरे।
प्रकाशित: ११ फाल्गुन २०८१ १९:२९ आइतबार