१ वैशाख २०८२ सोमबार
image/svg+xml १:१३ पूर्वाह्न
राजनीति

पूर्वराजालक्षित दाहालको टिप्पणी: रछ्यानमा मिल्काइएका तत्त्व दिवास्वप्नमा छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पुनरागमनको दिवास्वप्न देखिरहेको टिप्पणी गरेका छन्। शनिवार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारको कामले पूर्व राजा हौसिएको भन्दै यस्तो टिप्पणी गरेका हुन्। 

‘सरकारको पर्फरमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ,’ दाहालले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आआफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन्।’ 

यो कुरा सबैले महसुस गरिरहेको दाहालले बताए। ‘अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने होकि भन्ने दिवास्वप्नमा छन्। र, त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्।’ 

प्रकाशित: १० फाल्गुन २०८१ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App