३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:४८ अपराह्न
राजनीति

गगनको आक्रोश: जसले महाधिवेशन समयमा हुँदैन भन्छ त्यसले डिसइन्फर्मेसन दिँदैछ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने दाबी गर्दै जुन पार्टी नेताले हुँदैन भनिरहेको छ त्यसले डिसइन्फर्मेसन दिइरहेको आरोप लगाएका छन्। शुक्रवार विराटनगरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको ‘तथ्यमा आधारित प्रचार अभियान’कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

‘कतिपय कुरामा त हामी आफैले मिस इन्फरमेसन दिइरहेका छौँ। अधिवेशन समयमा हुँदैन कांग्रेसभित्र जसले भन्छ त्यो मान्छेले डिसइन्फर्मेसन दिइरहेको छ,’ गगनले भने, ‘त्यो डिसइन्फरमेसनलाई जसले सेयर गर्छ त्यसले मिसइन्फर्मेसन दिइरहेको देखिन्छ। त्यसैले डिसइन्फरमेसन र मिसइन्फरमेसनको रोग यहीबाट सुरु हुन्छ।’

यस्ता नचाहिने कुराका पछाडि नलाग्न पार्टी नेताकार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, ‘मेरो आग्रह छ नचाइने विषयमा नलागौँ। यो पार्टीको महाधिवेशन हामी जहिले पनि कुरा गरिरहेका हुन्छौँ।’ 

चैतको मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय पार्टी महाधिवेशनको तयारी स्वरूप नै भइरहेको गगनले दाबी गरे। ‘आजसम्म नेपाली कांग्रेसको इतिहासअनुसार महाधिवेशनको तिथि मिति तय नभइकन सक्रिय सदस्यताको पोको खोलेको इतिहास छैन। पहिलो पटक पोको खोलेर चैत भित्र क्रियाशील टुङ्ग्याऊ भन्दै गर्दा कोही नेता आफ्नो क्षेत्र गएर  सदस्यता भर्न लाग्नुहुन्न। कोही त्यहाँ काम गर्नुहुन्न । अनि बाहिर मञ्चमा गएर  बोल्दिएको छ अधिवेशन नहुने भने अधिवेशन नहुने भो,’ उनले आक्रोश पोखे। ‘अर्को त्यसलाई सेयर गरेको छ, अर्कोले सेयर गरेको छ अनावश्यक होहल्ला मच्चाएको छ,’ गगनले भने। 

प्रकाशित: ९ फाल्गुन २०८१ १७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App