राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवल शमशेर राणाले प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको आह्वानको जिल्ला जिल्लाबाट दीप प्रज्वलनसहित स्वागत गर्न आग्रह गरेका छन्। बिहीबार फेसबुकमा स्टाटस राख्दै महामन्त्री राणाले यस्तो आग्रह गरेका हुन्।
‘राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि राजा ज्ञानेन्द्र(पूर्वराजा)बाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दीप प्रज्वलन गर्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई आग्रह गर्दछु,’ राणाले लेखेका छन्।
प्रकाशित: ८ फाल्गुन २०८१ १३:१० बिहीबार