१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

नेमकिपाको गढमा रास्वपाको संगठन विस्तार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढको रूपमा रहेको भक्तपुर नगरपालिकाको १० वटै वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तार भएको छ। शनिबार रास्वपाको भक्तपुर जल्ला कार्यालयमा भक्तपुर नगर समितिले संयुक्त वडा भेला आयोजना गरी १० वटै वडामा संगठन विस्तार गरेको हो।

रास्वपा केन्द्रीय सदस्य एवं प्रमुख सचेतक सन्तोष परियारको प्रमुख अतिथिमा सम्पन्न भेलाले वडा १ को संयोजकमा कुमार दुवाल चयन गरेको छ। वडा २ मा कृष्णसुन्दर सैजु, वडा नं ३ मा नारायणप्रसाद शिल्पकार, वडा ४ मा संजय जोन्छे, वडा ५ मा सुमन शिल्पकार, वडा ६ मा दिलभक्त सुवाल, वडा ७ मा जयगोपाल कायस्थ, वडा ८ मा मदन ताम्राकार, वडा ९ मा जयराम प्रधान र वडा १० मा विकास फोजु संयोजक चयन गरेको छ।

भेलामा रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत, युवा नेता साजन विश्वकर्मा, जिल्ला सचिव रूकेश रन्जितकार, चाँगुनारायण नगर सभापति रोशन थापा लगायतका उपस्थित रहेको थियो।

यसअघि नै जिल्लाका तीन वटा नगरपालिका सूर्यविनायक, मध्यपुर थिमि र चाँगुनारायणमा वडापिच्छे फरकफरक दिनमा वडा भेला गरी रास्वपाले जिल्लामा संगठन विस्तार गरिसकेको छ। अरू वडामा वडैपिच्छे वडा भेला गरेर संगठनले पूर्णता पाएको भए पनि भक्तपुर नगरपालिका क्षेत्रमा हाललाई संयोजक एक-एकजना मात्रै चुनिएको बताइएको छ।

पछिल्लो स्थानीय निकायको चुनावमा भक्तपुर नगरपालिका क्षेत्रमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू तथा सदस्यहरू सबै नेमकिपाले जितेर क्लिन स्विप गरेको थियो।

प्रकाशित: ३ फाल्गुन २०८१ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App