१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अध्यादेश पास गर्न एकीकृत समाजवादी फकाउनेबारे कांग्रेसमा छलफल

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र अध्यादेश पास गर्नका लागि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) फकाउनेबारे छलफल भएको छ। शुक्रबार (आज) सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको नेताहरूको बैठकमा यसबारे छलफल भएको हो।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार नेताहरूले एकीकृत समाजवादी फकाउनुपर्ने बताएका छन्। उनीहरूले अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुपर्ने बताएका छन्।

संसद् अधिवेशन नचल्दाको बखत सरकारले ६ वटा अध्यादेश ल्याएको छ। ६ मध्ये भूमिसम्बन्धी अध्यादेश भने फेल हुने पक्का भइसकेको छ। किनभने त्यसमा नेपाल समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन नगर्ने निर्णय गरिसकेका छन्। यसो गर्दा राष्ट्रिय सभामा सत्तारूढलाई ४ सिट पुग्दैन। एकीकृत समाजवादीसँग ८ सिट छ। यदि उसले समर्थन गरेको खण्डमा जसपा नेपाल र लोसपाले समर्थन नगर्दा पनि हुन्छ।

जसपा नेपाल र लोसपाले अन्य पाँच अध्यादेशमा समर्थन गर्ने भनेर बोलिसकेका छैनन्। यो अवस्थामा अन्योलनमा परेको सत्तारूढ कांग्रेसले एकीकृत समाजवादीलाई फकाउनुपर्ने निष्कर्ष निकालेको हो।

प्रकाशित: २ फाल्गुन २०८१ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App