५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहालले फेरि भने: माधव जी र विप्लव जीसँग पार्टी एकता हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकताको विषयमा कुरा भइरहेको बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रममा भाग लिन मङ्गलवार सुर्खेत पुगेका दाहालले पत्रकार सम्मेलनमा बोल्दै पार्टी एकताको कुराकानी भएको दाबी गरेका हुन्। 

‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ अध्यक्ष दाहालले भने, ‘समाजवादी मोर्चामा विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना बनेको छ ।’ यसका लागि गठित कार्यदलले काम गरिरहेको उनको दाबी थियो ।

दाहालले अहिलेको सरकार भ्रष्टहरूको सरकार रहेको आरोपसमेत लगाए । उनले भने, ‘अहिलेको सरकारले देश जनताका पक्षमा काम गरेको छैन । सरकारले अहिले भ्रष्टहरूलाई बचाउने काम गरिरहेको छ ।’

सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गरेको दाबी गर्दै उनले भने, ‘अहिले अध्यादेशका विधेयक राष्ट्रियसभामा गएर अड्किएका छन् । सरकारले धेरै अंहकार नगरे हुन्छ ।’

प्रकाशित: २९ माघ २०८१ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App