२७ असार २०८३ शनिबार
image/svg+xml
राजनीति

ड्यूटीमा खटिएका प्रहरीमाथि कुटपिट

<br>

ड्यूटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको छ। काठमाडौंको ठमेलस्थित अमृतमार्गमा ड्यूटीमा खटिएका क्यूआरटी (क्वीक रेस्पोन्स टिम) का रघु घर्ती र नगेन्द्र विष्टमाथि कुटपिट भएको हो। उनीहरू दरबारमार्ग वृत्तबाट खटिएका थिए।

स्रोतका अनुसार उनीहरूमाथि कुटपिट गर्ने नेकपा (एमाले) निकट अनेरास्ववियू निकट विद्यार्थी नेताहरू कमल जोशी र दिनेश सिग्देलसहितलगायत हुन्।

मदिरा पिएर हो-हल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीले सम्झाउन खोजेको तर, त्यसबेला उनीहरू नै जाइलागेको स्रोतको भनाइ छ। उनीहरूले प्रहरीले प्रयोग गरेको मोटरसाइकल र हेलमेटसमेत तोडफोड गरेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उनीहरूको खोजी कार्य जारी छ। उनीहरू अहिले फरार छन्। 'सिसिक्यामेराका आधारमा उनीहरूको खोजी भइरहेको छ,' बोहराले भने।

घाइते घर्ती र विष्टको उपचार जारी छ।

प्रकाशित: २५ माघ २०८१ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App