१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

अध्यादेशको नाममा राजनीति नगर्न मन्त्री सुब्बाको आग्रह

सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार अध्यादेश ल्याएको स्पष्ट पारेका छन् ।

रफत सञ्चार क्लबको १५ औं वार्षिकोत्सव कार्यक्रमको बुधबार भक्तपुरमा उद्घाटन गर्दै मन्त्री गुरुङले भने, भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएका हौ । उनले यो अध्यादेश संसदबाट नै पारित गर्ने र संसद्लाई छल्ने कुरा नआउने उनले बताए।

उनले कर्मचारीले अध्यादेशको नाममा राजनीति नगर्न आग्रह गरे । कर्मचारी तन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरोधमा लक्षित नरहेको बताए ।

उनले विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेकाले राजनीति नगर्न आग्रह गरे । 

प्रकाशित: २३ माघ २०८१ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App