१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सातै प्रदेशमा 'सर्वाङ्गीण संवाद' गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले सातै प्रदेशमा 'सर्वाङ्गीण संवाद'  कार्यक्रम गर्ने भएको छ।

आइतबार रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले फागुन महिनामा सातै प्रदेशमा 'सर्वाङ्गीण संवाद' कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिएका हुन्।

कार्यक्रमका अवसरमा रास्वपाका केन्द्रीय नेताहरू सातै प्रदेशमा पुगेर छलफल गर्ने पनि उनले बताए। उनले भने,'करिब एक साताको लागि हरेक प्रदेश सदरमुकाम र आवश्यक स्थानहरूमा पुगेर लब्ध प्रतिष्ठित व्यक्तिहरू, भद्र भलादमी, प्राध्यापक, पूर्व प्रशासक, उद्योगी र व्यवसायी, सामाजिक अभियन्ता,  राजनीतिक विश्लेषक, सामाजिक/व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधि, पेसागत संगठनका प्रतिनिधि नेतृत्व, प्रजातान्त्रिक सेनानी, सहिद परिवारका सदस्य, विचारक, समाजशास्त्री, अर्थशास्त्री, लेखक, विभिन्न विषय विज्ञ, कलाकार, पत्रकार, पूर्व प्रहरी र सैनिक, पूर्व शिक्षक/कर्मचारी, युवा अभियन्ता, महिला अभियन्ता, पूर्व जनप्रतिनिधिहरू, विकास/ योजनाविद् आदि सामाजिक  जीवनका महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट र संवाद गरिनेछ।'

भेटघाट, संवादबाट प्राप्त सल्लाह सुझावहरूलाई मूलधारको राजनीति निर्माणको लागि महत्त्वपूर्ण रहने अपेक्षा गरिएको पनि उनले बताए। आगामी दिनमा यस प्रकारको संवाद कार्यक्रम आवश्यकता अनुसार चरणबद्ध रुपमा अगाडि बढाइने पनि उनले बताए।

प्रकाशित: २० माघ २०८१ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App