२५ फाल्गुन २०८१ आइतबार
image/svg+xml १०:१७ पूर्वाह्न
राजनीति

जसपा नेपालको बैठक आज पनि, अध्यक्ष यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको छ। आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान' को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ। त्यस्तै सरकारले ल्याएको अध्याधेश, मधेस केन्द्रित दलहरू बीचको मोर्चा, नो केबलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित रहेको बस्नेतले बताएका छन्।

प्रकाशित: २० माघ २०८१ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App