२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपा उम्मेदवार *खरेलसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ।

उनलाई तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ। रासस

प्रकाशित: ९ माघ २०८२ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App