३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:५४ अपराह्न
राजनीति

गगनको दाबी: कन्फ्युज नहुनुस्, ०८४ अघि १५ औँ महाधिवेशन हुन्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको तिथि मितिबारे ‘कन्फ्युजन’ नहुन नेताकार्यकर्तालाई आग्रह गरेका छन्। शनिवार कांग्रेसको काठमाडौं महानगरपालिका–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै नेताकार्यकर्तालाई भ्रममा नहुन गगनले आग्रह गरेका हुन्।

‘संविधानमै कुनै पनि पार्टीको एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएको छ,’ गगनले भने, ‘त्यसैले २०८४ को स्थानीय चुनाव, आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरीकन पाइँदै पाइँदैन ।’ 

त्यसैले त्यो भन्दा अघि जसरी पनि महाधिवेशन हुने उनले दाबी गरे । ‘त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नै पर्छ । अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावमा पार्टीको नेतृत्व गर्छ’, उनले भने। 

महाधिवेशन त्यसअघि कति छिटो गर्न सकिन्छ भन्ने विषयमा आवश्यक छलफल पनि भइरहेको गगनले बताए। 

पछिल्लो समय कांग्रेसभित्र महाधिवेशन ०८४ को निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्ने विषयमा नेताहरूका अनेक बहस चलिरहेका छन्। विशेष गरी पूर्व महामन्त्री डा. शशांक कोइराला ०८४ को निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने भनेर मुखरित भएर बोलिरहेका छन्। 

यस्तोमा महामन्त्री गगनको पछिल्लो अभिव्यक्ति आएको हो। 

प्रकाशित: १९ माघ २०८१ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App