७ फाल्गुन २०८१ बुधबार
image/svg+xml २०:२ अपराह्न
राजनीति

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक शुरु भएको छ ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक शुरु भएको हो ।

शुक्रबारबाट हिउँदे अधिवेशन शुरु हुँदैछ । त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरु एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा बिरोध गर्ने बारेमा छलफल हुने र सांसदहरुलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।

यसअघि नै आज नै विपक्षी दलहरुको बैठक समेत बसेको थियो । जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिएको थियो ।

प्रकाशित: १७ माघ २०८१ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App