२४ चैत्र २०८१ आइतबार
image/svg+xml १७:११ अपराह्न
राजनीति

दाहालमाथि भट्टराईको आरोप: मलाई सिध्याउने षड्यन्त्रमा लागे

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन्।

बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरु सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए।

बेतत्ता पारिएकका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भएपनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको उनको आरोप छ। उनले सहकार्य गरेर गल्ति नगरेको भएपनि बेइमानहरुबाट ठगिएको टिप्पणी गरे। उनले मधेसवादी र क्षेत्रीय दलहरु आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भएपनि अब सहकार्यको कुनै सम्भावना नरेहको समेत स्पष्ट पारे। वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरुसँग सहकार्य गरेपनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ । 

प्रकाशित: १६ माघ २०८१ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App