मातृभूमि जागरण अभियानका अभियन्ता डा. भीम रावलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त नै परिवर्तन गरेको आरोप लगाएका छन्।
अभियानका क्रममा सोमबार (आज) अछाम पुगेका रावलले भनेका छन्, 'केपी ओलीले एमालेको सिद्धान्त नै परिवर्तन गर्नुभयो। उहाँले पार्टीका नेता-कार्यकर्तालाई पार्टी सिद्ध्याउनुपर्छ भन्नेहरूलाई भोट लगाउन लाउनुहुन्छ।'
उनले थपे, 'गत चुनावमा उहाँले २४ ठाउँमा पार्टी सिद्ध्याउनुपर्छ भन्नेहरूलाई भोट लगाउन लाउनुभयो,' उनले भने।
यस्तै उनले नेकपा (एमाले) को रङ्ग खुइलिएको बताए। 'एमाले रङ्ग खुइलिएर कालो भयो। जसले पार्टी बनायो, जसले एमाले जनतालाई चिनायो, यसलाई टिकट नै दिइँदैन। झापा जिल्लाका केपी ओलीले एमालेको सिद्धान्त नै परिवर्तन गरिदिनुभयो,' उनले भने।
प्रकाशित: १४ माघ २०८१ १४:३५ सोमबार