धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्। सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् । केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका छन् ।
धरानको खानेपानी समस्या समाधानको माग गर्दै हर्क पुरानो गाग्री बोकेर काठमाडौँ आएको बताएका छन् । बिहान काठमाडौँ हिँड्नुअघि फेसबुकमा साम्पाङले लेखेका छन्,‘आन्दोलन थोत्रे गाग्री, आज काठमाडौँ जाँदै छु । जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सक्नुपर्छ सरकारमा !’
काठमाडौं विमानस्थल पुगेपछि साम्पाङले धराने जनतालाई पानी चाहिएको बताउँदै त्यसमा संघीय र प्रदेश सरकारले पटकपटक ढाँटेको बताए ।
प्रकाशित: ७ माघ २०८१ १५:१७ सोमबार