५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम जाँदा भीम रावलसँगै देखिए कर्ण थापा: संयोग कि सल्लाह ?

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल र एमाले स्थायी कमिटी सदस्य कर्ण थापा जहाजको सिटमा सँगै बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्बिर शुक्रवार बिहानको मात्रै हो । 

रावल र थापा दुबै जना शुक्रवार बिहान सुदूरपश्चिमतर्फ गएका छन्। दुवै सँगै जाँदा श्री एयरलाइन्सको जहाजको एउटै सिटमा दुवै जना सवार भएका थिए । त्यहीँ तस्बिर कसैले खिचेर सामाजिक सञ्जालमा हालेका हुन् । तस्बिर हालेपछि अहिले विभिन्न खाले टीकाटिप्पणी भइरहेको छ । 

रावल र थापा सुदूरपश्चिम एमालेभित्रका प्रभावशाली नेता हुन्। अध्यक्ष केपी ओलीसँगको टकरावका कारण रावललाई पार्टीबाट निष्कासित गरिएको थियो । अर्कातिर थापा भने ओली निकट नै मानिन्छन् । तर, पछिल्लो समय ओलीसँग उनको सम्बन्ध पहिलेजस्तो नभएको बताइन्छ ।  यही चर्चाका बिचमा दुवै नेता सँगै जहाजको यात्रामा देखिने तस्बिर बाहिरिएपछि त्यसबारे अझ बढी चर्चा र शंका उपशंका भइरहेको छ।  

यता नेता थापाले भने श्री एयरको जहाजमा दुवै जनाले सँगै यात्रा गरेको स्वीकार गरेका छन् । तर, त्यो यात्रा कुनै सल्लाहको भन्दा पनि संयोगको भन्दै खण्डन गरेका छन् । 

‘भोलिदेखि बाजुरामा हुने नेकपा एमालेका पालिका अधिवेशनको लागि म काठमाडौँबाट श्री एयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथि कक्षमा डा. भीम रावलसँग भेट भयो,’ थापाले लेखेका छन्, ‘संयोगले सिट सँगै प¥योे। र, जहाजको कुनै यात्रीले फोटा खिचेर सामाजिक सञ्जालमा  राखेछन् ।’ 

त्यही फोटो राखेर अनलाइनहरूमा समाचार आएको देखेको थापाले उल्लेख गरेका छन् । ‘भीम रावल र मेरो आजको यात्रा संयोग मात्रै हो,’ थापाले अगाडी लेखेका छन्। 

यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुने थापाले भनेका छन् । ‘हामी हिजो एउटै पार्टीमा रहेर लामो सहयात्रामा रह्यौ। अब हामी आफ्नो आफ्नो बाटोमा हिँडेका छाैँ। कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु,’ थापाले थप लेखेका छन् । 

प्रकाशित: ४ माघ २०८१ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App