२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

न्यायाधीश राईविरुद्ध न्याय परिषदमा सफलको अर्को उजुरी

‘विगतमा माओवादीको कर्मचारी सङ्गठनमा आबद्ध, रविका वकिलको प्रशिक्षार्थी’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिने न्यायाधीश नितिज राईविरुद्ध युवराज पौडेल (सफल)ले न्याय परिषद्मा थप तीन बुँदे ध्यानाकर्षण पत्र दिएका छन् । बुधवार न्याय परिषद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएको सफलले जानकारी दिए । 

ध्यानाकर्षण पत्रमा सफलले न्यायाधीश नितिजविरुद्ध उठेका विषय र प्रसङ्ग भन्दै तीन बुँदामा कुरा राखेका छन् । 

जसमा न्यायाधीश राई न्याय सेवाअन्तर्गतको कर्मचारी रहँदा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठनमा आबद्ध भएको भन्ने खबर सुनिन आएको भनेका छन् । हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रास्वपा सभापति लामिछानेलाई बचाउन लागेकाले दाहालकै निर्देशनमा न्यायाधीश राईले धरौटीमा छाड्न आदेश दिएको सुनिन आएको दाबी गरेका छन् । यस विषयमा छानबिनको माग सफलले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । 

यस्तै दोस्रो बुँदामा उनले न्यायाधीश राई विगतमा वरिष्ठ अधिवक्ता सुशील पन्तको ल फर्ममा प्रशिक्षार्थीका रूपमा काम गरेको भन्दै प्रश्न उठाएका छन् । वरिष्ठ अधिवक्ता पन्त अहिले रास्वपा सभापति लामिछानेको पक्षमा वकालत गरिरहेका छन् । राईकै इजलासमा उनले लामिछानेको प्रतिरक्षा बहस गरेका थिए । 

यसमा न्यायाधीश राईले प्रशिक्षार्थीको ‘नैतिकता नदेखाई स्वार्थ बाझिने हिसाबले इजलासमा सुनुवाइ गर्न बसेको अवस्था रहेछ ।’ भन्दै सफलले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । 

यस्तै तेस्रो बुँदामा सफलले न्यायाधीश राईले आदेशलाई ‘कपीमा आदेश’ भन्दै प्रश्न उठाएका छन् ।  ‘योजनाबद्ध रूपमा प्रतिवादीलाई उन्मुक्ति दिने र सहकारी पीडितलाई अन्याय गर्न लागेको देखिन्छ,’ सफलले पत्रमा लेखेका छन्। 

यस्ताे छ सफलकाे पत्रकाे व्यहाेरा 

 

प्रकाशित: २ माघ २०८१ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App