१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

कडाले नै नरमलाई तेल निकाल्न पेल्छ!

मुक्तक

१) मुक्तक

कडाले नै नरमलाई तेल निकाल्न पेल्छ

गुण तिर्न मौका परे भिरबाटै धकेल्छ

अर्कालाई दुख दिने मानव धर्म सोची

रगतमा होली पसिनामा पौडी खेल्छ।

२) मुक्तक

जसले धर्ती सजाएर हराभरा गर्छ

पसिना र परिश्रमले अरूको पेट भर्छ

देशको बजेटभित्र कैल्यै समेटिन्न उहीँ

यस्तो मान्छे कहिले राष्ट्रसेवकभित्र पर्छ?

३) मुक्तक

भाषा, संस्कार,संस्कृति र रहनसहन फेर्‍याै युवा

बाआमा र गुरुबाका खै उपदेश टेर्‍याै  युवा

खानपान बासस्थान र देशैसमेत त्यागीकन

बाआमा र देश रोएको टुलुटुलु हेर्‍याै युवा।

४) मुक्तक

जीवन ज्यूँन पाए भयो छैन दामी मीठो खानु

थातबास छोडी तीर्थ गर्न छैन टाढाटाढा जानू

सन्तति नै परमेश्वर रक्षा गरिदिए पुग्यो

मरेपछि न छ खानु न त केही सँगै लानु।

५) मुक्तक 

पूजापाठै गरेँ मैले धूपबत्ती बालेँ

बोको भाले बली दिई व्यापार गर्न थालेँ

पाप काटियो घ्यूमा आलु बेसारमा भुस थप्दै  

बेच्नलाई दुधचिनीमा मिल्दो पानी हालेँ।

प्रकाशित: १६ जेष्ठ २०८३ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App