७ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

आज चार संसदीय समितिको बैठक बस्दै

आज (बुधबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान एघार बजे बस्ने अर्थ समितिको बैठकमा ‘भन्सार सम्बन्धी कानून संशोधन र एकीकरण विधेयक, २०८०’ माथि छलफल हुनेछ। 

त्यस्तै, बिहान एघार बजे नै कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशका प्रहरी हिरासतको अनुगमन र संघीय संसदका ऐन कानूनको कार्यान्वयन चुनौतीका विषयमा गठित उपसमितिहरूको प्रतिवेदन पेश हुनेछ। यसमा कैलाली, धनुषा र दाङमा भएका अन्तरक्रिया कार्यक्रमहरूको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। 

साढे एघार बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन प्रतिवेदन, २०८०’ सार्वजनिक र छलफल हुनेछ।

अन्तमा, दिउँसो एक बजे विधायन व्यवस्थापन समितिको बैठकमा ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ को दफावार छलफल गरिने छ। 

प्रकाशित: २ माघ २०८१ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App