सत्तारुढ दलहरूले भूमि आयोगको जिल्ला अध्यक्षको भागबन्डा मिलाएका छन्। गठबन्धनमा रहेका कांग्रेस, एमाले र सरकारलाई समर्थन गर्ने दलहरूले भागबन्डा मिलाएका हुन्।
भागबन्डा अनुसार सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७-३७ जिल्ला र ३ जिल्ला सरकारलाई समर्थन गरेका दलहरुको भागमा छ।
नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् ।
प्रकाशित: २९ पुस २०८१ १४:२९ सोमबार