७ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धन टिक्दैन भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म चल्ने दाबी गरेका छन्। 

आइतबार बेलुका सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। 

मन्त्री लेखकले गठबन्धन नटिक्ने भन्ने कुरा हल्लामात्रै भएको स्पष्ट पारेका हुन्। उनले भने, ‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो। यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन। यो गठबन्धन टिकिरहेको छ। राम्रो काम गर्ने कुरामा अघि बढेको छ। र हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ। र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ। संविधान संशोधन चरणवद्ध हो। ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन।’ 

संविधानको सबल र दुर्बल पक्षको पहिचान गरेर सबै राजनीतिक दलहरूलाई ति विषयमा सहमति गरेर वार्ता र संवादमार्फत संविधानका संशोधन गर्नुपर्ने अन्तरवस्तुमा सहमति गरिसकेपछि प्रक्रिया शुरु हुने उनको भनाई रहेको थियो। 

प्रकाशित: २९ पुस २०८१ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App